एडिलेड । साउथ अष्ट्रेलियाको नेपालीहरुको पुरानो संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले २०२६-२८ का लागि बालगोपाल उपाध्यायको नेतृत्व नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा लक्ष्मी सापकोटा र हिमाल कडेल (पदेन, प्राचार्य एडिलेड नेपाली विद्यालय), सचिव प्रदिप निरौला, उपसचिव बिकास पौडेल, कोषाध्यक्ष पुष्पा बन्जाडे र, जन सम्पर्क अधिकृत सुरेन्द्र रेग्मी, सदस्यहरुमा श्याम दहाल(निवर्तमान अध्यक्ष), बिकास पौडेल, रामकृष्ण शर्मा, बन्धु बिक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दहाल, बाल सापकोटा रहनु भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायमा गरेको योगदानको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ र एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष बिजय जोशी समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष श्याम दहालको अध्यक्षता, सचिव सागर श्रेष्ठको संचालनमा भएको खुल्ला सत्रमा स्वागत उपाध्यक्ष बालगोपाल उपाध्यायले गर्नु भएको थियो।
शनिवार स्थानिय फ्रेस चुल्हो नेपाली रेष्टुरेन्टको सभाहलमा आयोजित सभाले श्याम दहालले पेश गर्नु भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द वखरेलले पेश गर्नु भएको आर्थिक प्रतिवेदन, एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलले पेश गर्नु भएको विद्यालयको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । सभामा शनिवारबाटै सार्वजनिक भएको एडिलेड नेपाली समाजको वेवसाईटबाट बारेमा वेवसाईट निर्माण समितिका संयोजक सुर्य आचार्यले जानकारी दिनु भएको थियो।
नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेड्रेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का) उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियाना पुर्व सह संयोजक नविन कडेल, एडिलेड नेपाली समाजको पुर्व अध्यक्ष तथा हेल्प नेपाल अष्ट्रेलिया अध्यक्ष सन्तोषी गौतम रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नव निर्वाचित समितिलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो।
August 23, 2026
२०२५ जनवरी २६ को अष्ट्रेलिया डे परेड एडिलेड ओवलबाट सुरु भएको र्याली एल्डर्स पार्कमा पुगेर सभामा परिणत भएको थियो । यहा रहेको नेपाली सहित ६० भन्दा बढि विभिन्न समुदायहरुले आ आफ्नो पहिचान झल्कने झाकि सहित र्यालीमा सहभागी भएका थिए । विगत वर्षहरुमा झै यस बर्ष पनि एडिलेड नेपाली समाजको अगुवाईमा यहा रहेका विभिन्न संस्थाहरुले नेपाल र नेपालीको प्रतिनिधित्व गरेका थिए । पञ्चे वाजा समुहले पञ्चे वाजा सहित र गुठी साउथ अष्ट्रेलियले घिमे बाजा सहित सहभागिता जनाएका थिए भने सहभागीहरुले नेपाल झल्काउने राष्ट्रिय तथा सांस्कृतिक पोशाकमा सजिएका थिए । नेपाली वाजाले माहौल नै नेपालमय बनाएको थियो । २०१२ देखी नेपाली समुदायले संस्थागत रुपमा अष्ट्रेलिया डेमा सहभागिता जनाउदै आएको छ । एडिलेड समाजका अध्यक्ष श्याम दहालले अष्ट्रेलिया डेलाई नेपाली समुदायले नेपाल र नेपाली चिनाउने दिनको रुपमा लिएको बताउनु भयो ।
January 26, 2025
Parliamentary Reception in Celebrating of Dashian and Tihar 2025 AD (2082 BS)
October 29, 2025
अस्ट्रेलिया-गैरआवासीय नेपाली संघ (एनआरएन) साउथ अस्ट्रेलियाको आयोजनामा एडिलेडमा पाँचौं ‘नेपाल फेष्टिभल’ आयोजना हुने भएको छ। यस भव्य कार्यक्रम मार्च ९, २०२५ का दिन एडिलेड सिटीको मुख्य पर्यटकीय क्षेत्र एल्डर पार्कमा हुने आयोजकले घोषणा गरेका छन्। हरेक दुई वर्षमा हुने यो फेस्टिभल यसपटक झन् भव्य र विशेष हुने अपेक्षा गरिएको छ।
बुधबार नेपाल फेस्टिभल बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक संजय पुरीले नेपालका सांस्कृतिक पहिचान झल्काउने यस कार्यक्रमलाई
बूमर्याबङ एजुकेशन सर्भिसेस र फ्लिन्डर्स युनिभर्सिटीले संयुक्त रूपमा मुख्य प्रायोजन रहेको जानकारी दिनुभएको थियो । फ्लिन्डर्स युनिभर्सिटी जस्तो ठूलो शैक्षिक संस्थाले नेपाल फेस्टिभललाई आर्थिक सहयोग गर्नु गौरवको विषय भएको पुरीले पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले नेपाल फेष्टिभलका लागि अहिलेसम्म जम्माजम्मी अस्ट्रेलियन डलर १ लाख सुरक्षित भइसकेको र कुल खर्च १ लाख ५० हजार अस्ट्रेलियन डलर अनुमान गरिएको बताउनुभयो। अन्य अपुग रकम व्यवसायिक स्टलहरु तथा स्पोन्सरहरुबाट सङ्कलन गरिने पनि पुरीले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजकको रुपमा रहेका बूमर्याबङ इन्टरनेसनल र फ्लिन्डर्स युनिभर्सिटीले २० हजार डलर सहयोग गर्ने घोषणा गरेका थिए । महोत्सवलाई साउथ अष्ट्रेलियाको राज्य सरकारले समेत अष्ट्रेलियन डलर तिस हजार सहयोग गरेको छ ।
एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२५ को व्यवस्थापन संयोजक गरिरहेका विनोद बानियाले फेस्टिभलको तयारीको बारेमा जानकारी गराउनुभएको थियो। बानियाले अनुसार फेस्टिभललाई सफल बनाउन १३ वटा उप-समितिहरू गठन गरिएको र समितिहरूले समितिले आ-आफ्नो तरिकाले काम अगाडि बढाइरहेको जानकारी दिनुभयो। साथै उहाँले नेपाली खानाका लागि छुट्टाइएका ११ वटा स्टलहरु बुकिङ भइसकेको र अन्य व्यावसायिक स्थलहरू बुकिङ हुने क्रम जारी रहेको पनि बताउनुभयो । बानियाले सबै गरी करिब ४५ देखि ५० वटा स्टलहरू रहने बताउनुभयो।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक मध्यका एक बूमर्याबङ इन्टरनेसनल एजुकेसन सर्भिसेसका निर्देशक आशिष वाग्लेले सुरुवातकालदेखि नै एनआरएसँग सहकार्य गरेर नेपाल फेस्टिभलमा सहभागी भएको स्मरण गर्दै आफुले समुदायबाट पाएको मायाले गर्दानै आफ्नो व्यवसायले पनि समुदायलाई केही गर्न सकेकोमा खुसी व्यक्त गरेका थिए । साथै वाग्लेले नेपालीहरूको सबैभन्दा ठूलो फेष्टिभल भएकाले यसले हाम्रो कला, संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै यहाँ हुर्कँदै गरेको दोस्रो पुस्तालाई नेपाली परम्परा र पहिचानको बारेमा जानकारी जानकारी दिनुका साथै,नेपाली व्यवसायलाई बहुसांस्कृतिक समाजसँग जोड्ने भएकाले सबै मिलेर नेपाल फेस्टिभल सफल पार्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए ओशियाना पुर्व सह संयोजक रमेश जोशीले विगतदेखिका नेपाल फेस्टिवलहरू सबैको हातेमालोमा सफल भएको हुँदा यसपालि पनि सबैले नेपाल फेस्टिवललाई सफल बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । उक्त पत्रकार सम्मेलनको औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए साउथ अस्ट्रेलियाका सचिव गणेश पराजुले गर्नुभएको थियो।
के-के हुँदैछ त नेपाल फेष्टिभलमा यो पनि पढ्नुहोस्।
नेपाल महोत्सवको दिन मार्च ९ मा बिहान १०:३० बजे पिंकी फ्ल्याट बाट विभिन्न समुदायका सांस्कृतिक बाजाहरू,झाँकी सहित पन्चेबाजा पनि घन्किने भएको छ। परेड एल्डर पार्क पुगेर दिनभर सांस्कृतिक र औपचारिक कार्यक्रमहरूमा रूपान्तरण हुनेछ। कार्यक्रमको औपचारिक उद्घाटनपछि दिउँसो सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र नेपाली खानाका स्टलहरूले दर्शकलाई आकर्षित गर्नेछन्। कार्यक्रमको साँझ नेपाली सांगीतिक इतिहासमा तीन दशकको यात्रा पार गरेको चर्चित ब्यान्ड “कन्दरा” ब्याण्ड र चर्ती तथा लोकप्रिय गायिका समीक्षा अधिकारी लगायत नेपालका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। भने राति ९.३० बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ । यस पटकको नेपाल महोत्सवमा १० हजार भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकको रहेको छ ।
कार्यक्रममा नेपाली खानाका परिकारहरू, व्यवसाय स्टल,नेपाल महोत्सवमा धरहरा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि पशुपति नाथ, समेत दर्शकले हेर्न पाउने भएका छन्। नेपालका पर्यटन सम्भावनाबारे जानकारी दिन विशेष क्याम्पेनहरू पनि चलाइने भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिहरू अस्ट्रेलियाका लागि नेपाली राजदूत,एनआरएनका केन्द्रीय पदाधिकारी, स्थानीय कुटनीतिज्ञ, राजनीतिज्ञ, र अन्य राज्यहरूबाट आएका अतिथिहरूको उपस्थिति रहनेछ।
दक्षिण अस्ट्रेलिया लगत्तै अस्ट्रेलियाका अन्य विभिन्न चार सहरमा पनि नेपाल महोत्सव आयोजना गरिने भएको छ । मेलबर्नमा मार्च १५ तारिख, राजधानी क्यानबेरामा मार्चको २२ तारिख, तास्मानियाको होबार्टमा मार्च २९ तारिख र ब्रिस्बेनमा अप्रिल ६ तारिखमा पाल महोत्सव आयोजना हुने एनआरएनए अस्ट्रेलियाले जनाएको छ।
यस वर्षको नेपाल फेस्टिभल, बहुसांस्कृतिक समाजमा नेपाली कला, संस्कृति र पर्यटनलाई अझ परिचित गराउँदै नेपाल र अस्ट्रेलियाको सम्बन्धलाई थप सुदृढ बनाउने मार्गदर्शक बन्ने अपेक्षा गरिएको छ।
source:saathikhabar
February 14, 2025
September 17, 2024
ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.
Adelaide, South Australia
ansaustralia@gmail.com
Subscribe to our newsletter to get the latest news and updates.
Copyright © 2026 ANSAI. All Rights Reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd.