एडिलेड । साउथ अष्ट्रेलियाको नेपालीहरुको पुरानो संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले २०२६-२८ का लागि बालगोपाल उपाध्यायको नेतृत्व नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा लक्ष्मी सापकोटा र हिमाल कडेल (पदेन, प्राचार्य एडिलेड नेपाली विद्यालय), सचिव प्रदिप निरौला, उपसचिव बिकास पौडेल, कोषाध्यक्ष पुष्पा बन्जाडे र, जन सम्पर्क अधिकृत सुरेन्द्र रेग्मी, सदस्यहरुमा श्याम दहाल(निवर्तमान अध्यक्ष), बिकास पौडेल, रामकृष्ण शर्मा, बन्धु बिक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दहाल, बाल सापकोटा रहनु भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायमा गरेको योगदानको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ र एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष बिजय जोशी समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष श्याम दहालको अध्यक्षता, सचिव सागर श्रेष्ठको संचालनमा भएको खुल्ला सत्रमा स्वागत उपाध्यक्ष बालगोपाल उपाध्यायले गर्नु भएको थियो।
शनिवार स्थानिय फ्रेस चुल्हो नेपाली रेष्टुरेन्टको सभाहलमा आयोजित सभाले श्याम दहालले पेश गर्नु भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द वखरेलले पेश गर्नु भएको आर्थिक प्रतिवेदन, एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलले पेश गर्नु भएको विद्यालयको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । सभामा शनिवारबाटै सार्वजनिक भएको एडिलेड नेपाली समाजको वेवसाईटबाट बारेमा वेवसाईट निर्माण समितिका संयोजक सुर्य आचार्यले जानकारी दिनु भएको थियो।
नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेड्रेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का) उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियाना पुर्व सह संयोजक नविन कडेल, एडिलेड नेपाली समाजको पुर्व अध्यक्ष तथा हेल्प नेपाल अष्ट्रेलिया अध्यक्ष सन्तोषी गौतम रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नव निर्वाचित समितिलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो।