ansaustralia@gmail.com

Follow Us

एडिलेड नेपाली समाज अष्ट्रेलियाको छैठौँ द्विवार्षिक साधारण सभा

2024-08-10

एडिलेड नेपाली समाज अष्ट्रेलियाको छैठौँ द्विवार्षिक साधारण सभा

एडिलेड नेपाली समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन

एडिलेड, साउथ अष्ट्रेलिया — २८ साउन।
साउथ अष्ट्रेलियामा क्रियाशील नेपाली सामाजिक संस्थामध्ये पुरानो संस्था एडिलेड नेपाली समाज अष्ट्रेलियाको छैठौँ द्विवार्षिक साधारणसभाबाट आगामी दुई वर्ष २०२४–२०२६ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

वि.सं. २०८१ साल श्रावण २६ गते, तदनुसार १० अगस्ट २०२४ मा सम्पन्न साधारणसभाले श्याम दहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिले आगामी दुई वर्ष एडिलेडमा रहेका नेपाली समुदायको एकता, सहकार्य, सामाजिक सेवा तथा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा २०२२–२०२४ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको निवर्तमान कार्यसमितिलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरिएको छ। साथै, नव निर्वाचित अध्यक्ष श्याम दहालसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

Recent Programs

Contact Us Now for Quick Assistance

Get in touch

If you would like to get in touch, please fill out the form.

ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.

Contact Us

  • Adelaide, South Australia

  • ansaustralia@gmail.com

Subscribe to our Newsletter

Subscribe to our newsletter to get the latest news and updates.

Copyright © 2026 ANSAI. All Rights Reserved.