ansaustralia@gmail.com

Follow Us

एडिलेड नेपाली समाजमा नयाँ नेतृत्व, अध्यक्षमा श्याम दहाल

2024-08-10

एडिलेड नेपाली समाजमा नयाँ नेतृत्व, अध्यक्षमा श्याम दहाल

एडिलेड नेपाली समाज अष्ट्रेलियाको छैठौँ साधारणसभा(२०२४ अगष्ट १०)बाट दुई वर्षका लागि श्याम दहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको थियो ।  जसको उपाध्यक्षमा बालगोपाल उपाध्याय र एलिजा ढकाल (पदेन उपाध्यक्ष , प्राचार्य एडिलेड नेपाली विद्यालय), सचिव सागर श्रेष्ठ, उपसचिव जीवन प्रसाद भट्टराई, कोषाध्यक्ष आनन्द वखरेल, सदस्यहरुमा सुरेन्द्र रेग्मी,देवराज कडेल, सुर्य आचार्य, आर के शर्मा, गणेश पराजुली, विकास पौडेल( उदास), लक्ष्मी सापकोटा आचार्य, सन्दिप बस्नेत, सुधा सापकोटा, दिपा दहाल, श्याम कृष्ण बोहोरा, पुस्कर कोईराला, विकास पौडेल, पुस्पा बन्जाडे रहनुभएको छ ।  साधारणसभामा प्रमुख अतिथि साउथ अष्ट्रेलियाको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले समाजले खासगरी विद्यालय मार्फत यहाँ रहेको नेपाली समुदायमा पुर्याएको योगदान ठुलो रहेको बताउनुभयो ।  कार्यक्रममा विशेष अतिथि स्थानीय म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि नेपाली समुदायमा विभिन्न कार्यक्रमहरु मार्फत थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, एडिलेड नेपालका पुर्व अध्यक्ष पुस्कर कोईराला, नेपाली भजन कीर्तन समुहका अध्यक्ष खगेन्द्र सापकोटा, नेपाली पाठशालाका उपाध्यक्ष देबेन्द्र खरेल लगायतका बक्ताहरुले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता समाजका अध्यक्ष देवराज कडेल, सञ्चालन सचिव आर के शर्मा र स्वागत उपाध्यक्ष सागर श्रेष्ठको स्वागत मन्तव्यमा भएको थियो । सन् २०१२ मा स्थापना भएको समाजले कार्यक्रममा पूर्व अध्यक्षहरु, विद्यालयका पूर्व प्रशासक तथा प्रिन्सिपलहरुलाई माया चिनो सहित सम्मान गरेको थियो । साधारणसभाको बन्दसत्र संचालनका लागि रेनुका लामाको अध्यक्षतामा मञ्जु खड्का, रमेश जोशी, नविन कडेल, यदु आचार्य रहेको पाच सदस्यिय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । बन्द सत्रले अध्यक्ष देवराज कडेलले पेश गरेको गतिविधी सम्वन्धी प्रतिवेदन, कोषाध्यक्ष आनन्द वखरेलले पेश गरेको आर्थिक प्रतिवेदन, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले पेश गरेको विधान संशोधन प्रस्तावलाई पारित गरेको थियो ।निर्वाचित कमिटीलाई अध्यक्ष मण्डलकी अध्यक्ष रेनुका लामाले पद तथा गोपनियताको सफत गराउनुभएको थियो भने नव निर्वाचित अध्यक्ष दहालले समाजले बार्षिक रुपमा गर्दै आएको कार्यक्रमहरुलाई निरन्तरता दिदै नेपाली समुदायमा थप योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Recent Programs

Contact Us Now for Quick Assistance

Get in touch

If you would like to get in touch, please fill out the form.

ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.

Contact Us

  • Adelaide, South Australia

  • ansaustralia@gmail.com

Subscribe to our Newsletter

Subscribe to our newsletter to get the latest news and updates.

Copyright © 2026 ANSAI. All Rights Reserved.